समृद्धिका लागि काँग्रेसले नेतृत्व लिनु आवश्यक : उपसभापति गुरुङ
सोमबार, २६ वैशाख २०७९, १८ : ३१
नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले मुलुकमा परिवर्तनको लहर र समृद्धिका लागि काँग्रेसले नेतृत्व लिनु आवश्यक रहेको बताएका छन् ।
काँग्रेस वालिङ भिरकोट– ८ को ढापुकमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “अब नेपाललाई समृद्ध बनाउने खाकासहित अगाडि बढ्नुपर्ने छ र यहाँका युवा विदेशी मुलुकमा होइन विदेशीलाई यहाँ ल्याउने योजना हामीसित हुनुपर्छ ।”
जता गयो त्यतै भ्रष्टाचार मौलाएको हुँदा यसलाई न्यूनीकरण गर्नतर्फ सचेत नागरिकले खबरदारी गर्नुपर्ने बेला आएको उनले बताए । नेपाल जस्तै गरिबीको सूचीमा रहेका देशले विकासमा निक्कै फड्को मारेको उदाहरण दिँदै यहाँ पनि भ्रष्टाचारको अन्त्य र नेतृत्व तह सुध्रिनुको विकल्प नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्कटमा परेको न्यायिक स्वतन्त्रता, न्यायपालिकामा बढ्दो कार्यपालिकाको हस्तक्षेप
-
अङ्कगणितमा अल्झिएको बागमती सरकार
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण