शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बकैयामा काँग्रेस र माओवादीका कार्यकर्ताबीच कुटाकुट, २ जना घाइते

सोमबार, २६ वैशाख २०७९, १७ : ५२
सोमबार, २६ वैशाख २०७९

मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै काँग्रेस र माओवादीका कार्यकर्ताहरूबीच कुटाकुट भएको छ । बकैया गाउँपालिका–७ कत्लेखोलामा भएको कुटाकुट हुँदा दुई जना घाइते भएका छन् ।

चुनावको विषयलाई लिएर नेपाली काँग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरि माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँ कमिटी उपाध्यक्ष हरि राईलाई कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ लक्ष्मी माझी ‘कृपा’ले आरोप लगाइन् ।

उनीहरू दाजुभाइ समेत रहेका छन् । घाइते विष्णु र हरिको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको माझीले बताइन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले उक्त झगडा घर झगडा भएको र यसलाई राजनीतिक रूपमा नलिन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप