
गोरखामा बिरामी म्यादी प्रहरीको हेलिकोप्टरमार्फत उद्धार

उत्तरी गोरखाबाट बिरामी म्यादी प्रहरीको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौं लगिएको छ । चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित मतदान केन्द्रमा खटिएका म्यादी प्रहरी बिरामी परेपछि सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । बिरामी पर्ने ५१ वर्षीय बेलबहादुर घले हुन् ।
उनी चुमनुब्रीको पाङसिङक आधारभूत मतदान केन्द्रमा खटिएका थिए । सोमबार बिहान पाङसिङबाट स्ट्रेचरमार्फत बोकेर सिर्दिवास स्वास्थ्य चौकी ल्याई स्वास्थ्य चेक गरिए पनि घलेको स्वास्थ्यमा सुधार नदेखिएपछि हेलिकोप्टरमार्फत काठमाडौंस्थित नेपाल प्रहरी हस्पिटल पठाइएको चुमनुब्री गाउँपालिकाका सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ