गोरखामा बिरामी म्यादी प्रहरीको हेलिकोप्टरमार्फत उद्धार
सोमबार, २६ वैशाख २०७९, १७ : ४६
उत्तरी गोरखाबाट बिरामी म्यादी प्रहरीको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौं लगिएको छ । चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित मतदान केन्द्रमा खटिएका म्यादी प्रहरी बिरामी परेपछि सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । बिरामी पर्ने ५१ वर्षीय बेलबहादुर घले हुन् ।
उनी चुमनुब्रीको पाङसिङक आधारभूत मतदान केन्द्रमा खटिएका थिए । सोमबार बिहान पाङसिङबाट स्ट्रेचरमार्फत बोकेर सिर्दिवास स्वास्थ्य चौकी ल्याई स्वास्थ्य चेक गरिए पनि घलेको स्वास्थ्यमा सुधार नदेखिएपछि हेलिकोप्टरमार्फत काठमाडौंस्थित नेपाल प्रहरी हस्पिटल पठाइएको चुमनुब्री गाउँपालिकाका सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्कटमा परेको न्यायिक स्वतन्त्रता, न्यायपालिकामा बढ्दो कार्यपालिकाको हस्तक्षेप
-
अङ्कगणितमा अल्झिएको बागमती सरकार
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण