बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

८ करोड राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर

सोमबार, २६ वैशाख २०७९, १७ : ३६
सोमबार, २६ वैशाख २०७९

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेशनलका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । 

विभागले काठमाडौं महानगरपालिका–२७ स्थित अन्तरा इन्टरनेशनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको जनाएको छ । विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादवविरुद्ध मुद्दा दायर गरेको हो । 

विभागले १७ करोड सात लाख ५५ हजार बराबरको बिगो दाबी गर्दै यही वैशाख २२ गते मुद्दा दायर गरेको भए पनि सोमबार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । आरोपी अन्तरा इन्टरनेशनलले आठ करोड ५३ लाख ७७ हजार मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएको छ । विभागले आरोपीविरुद्ध शतप्रतिशत जरिवाना समेत गरी १७ करोडभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप