बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकको सुकुटेबाट काँग्रेसका अगुवा कार्यकर्ता अपहरण गरेको आरोप

सोमबार, २६ वैशाख २०७९, १७ : २९
सोमबार, २६ वैशाख २०७९

सिन्धुपाल्चोकको चौतारा नगरपालिका–१० स्थित सुकुटेबाट नेपाली काँग्रेसका अगुवा कार्यकर्तालाई एमाले र माओवादी केन्द्रका कार्यकर्ताले अपहरण गरेको आरोप छ । नेकपा माओवादी केन्द्र छाडेर भर्खरै काँग्रेसमा प्रवेश गरेका सुनकोशी गाउँपालिका घर भएका बलराम कार्कीले आफु अपहरणमा परेको दाबी गरेका छन् ।

एमाले र माओवादी गठबन्धनमा आवद्ध युवाहरुले उनलाई सुकुटेबाट अपहरण गरेर अँधेरीको स्कुलमा लगेका हुन्  । सिन्धुपाल्चोकका एसपी रामेश्वर यादवले लेनदेनको विषयमा विवाद हुँदा सुकुटेबाट गाडीमा राखेर अँधेरीसम्म लगेको अनुसन्धानबाट थाहा भएको रातोपाटीलाई बताए ।

रातोपाटीसँग कुरा गर्दै एसपी यादवले भने–‘उहाँको भाञ्जा सहितका केही मानिसले केही किलोमिटर पर गाडीमा लगेको हामीलाई बताएका छन् ।’ प्रहरीले कार्कीलाई उद्धार गरेर ईलाका प्रहरी कार्यालयमा दुवै पक्षसँग छलफल गराएको छ । अपहरणमा रमेश लामा सहितका युवाहरु संलग्न रहेको थाहा भएको छ ।

अपहरणमा परेको दाबी गरेका बलराम कार्कीले आरोपीहरुविरुद्ध जाहेरी दिने बताएका छन् । बलराम सुनकोशी गाउँपालिकाको माओवादी केन्द्रका कोषाध्यक्ष थिए । उनी चुनावी माहोल शुरु भएपछि काँग्रेसमा प्रवेश गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप