बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेद्वारा राजीनामा

सोमबार, २६ वैशाख २०७९, १७ : २१
सोमबार, २६ वैशाख २०७९

श्रीलङ्कामा सरकारविरुद्ध चर्को विरोध भइरहेका बेला प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । रिपोर्टका अनुसार उनले राष्ट्रपति गोताबाया राजापाक्षेलाई राजीनामा बुझाएका छन् ।

देशमा अभूतपूर्व आर्थिक संकटको विरोधमा प्रदर्शन गरिरहेका मानिसहरूले राष्ट्रपति गोटाबाया राजापाक्षे र उनको मन्त्रीमण्डललाई राजीनामा दिन दबाब दिइरहेका छन्।

हाल श्रीलङ्का सरकारले देशमा आपत्काल लागू गरेको छ । राष्ट्रपति भवनमा गोताबाया राजापाक्षेको नेतृत्वमा बैठक भएको र बैठकमा सहभागी महिन्दा राजापाक्षेलाई राजीनामा दिन आग्रह गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जसलाई उनले स्वीकार गरेका छन् ।

श्रीलङ्काको मन्त्रिपरिषद्ले देशको बिग्रँदै गएको आर्थिक अवस्थालाई सम्हाल्न नसक्दा प्रधानमन्त्री राजापाक्षेले राजीनामा दिएको जानकारी दिएको छ । उनको राजीनामासँगै मन्त्रिपरिषद् पनि विघटन भएको छ ।

राजापाक्षेले आफ्नो राजीनामाले देशको वर्तमान आर्थिक संकट अन्त्य हुने हो भने आफू त्यसका लागि तयार रहेको बताएका थिए । श्रीलङ्कामा खाद्यान्न, पेट्रोल र औषधीको चरम अभाव छ । श्रीलङ्का स्वतन्त्र भएपछि हाल सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलङ्कासँग डलरको ठूलो अभाव छ । त्यसैले अत्यावश्यक वस्तु आयात गर्न पाएको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप