बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

९ महिनामा गुणस्तरहीन उत्पादन गर्ने ६४ उद्योगविरुद्ध मुद्दा दायर (सूचीसहित)

सोमबार, २६ वैशाख २०७९, १७ : २०
सोमबार, २६ वैशाख २०७९

चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा ६४ वटा उद्योगविरुद्ध मुद्दा दायर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने ती उद्योगविरुद्ध मुद्दा दायर गरेको हो । विभागले दालमोठ, मिट मसला, मिक्स मसला, पाउरोटी, दही, दाना उत्पादन गर्ने उद्योगविरुद्ध मुद्दा दायर गरेको हो । देशभरका विभिन्न जिल्लामा रहेको उद्योगविरुद्ध ९ महिना अवधिमा मुद्दा दायर भएको विभागले जानकारी दिएको छ ।

कारबाहीको सिफारिसमा पर्नेमा पानी उद्योग, सोया सस, नुडल्स, चिया, मसुरोको दाल, प्रशोधित दूध र घिउ उत्पादन गर्ने उद्योगविरुद्ध समेत मुद्दा दायर भएको छ । यी उद्योगबाट उत्पादित उपभोग्य वस्तु दूषित भएको तथा लेबल नमिलेको र कम परिमाण तथा गुणस्तरहीन पाइएकाले मुद्दा दायर गरिएको हो ।
मुद्दा दायर गरिएका उद्योगहरूको सूची–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप