शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तरा इन्टरनेशनलका प्रोपाइटरविरुद्ध १७ करोड माग दावीसहित मुद्दा

सोमबार, २६ वैशाख २०७९, १६ : ५२
सोमबार, २६ वैशाख २०७९

करोडौं राजश्व चुहावट गरेको कसुरमा अन्तरा इन्टरनेशनलका प्रोपाइटरविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । आन्तरिक राजश्व विभागले प्रोप्राइटर गणेशबहादुर केसीविरुद्ध करोडौं माग दाबीसहित अदालतमा मुद्दा दायर गरेको हो ।

डोटी जिल्लाका दिपायल नगरपालिका स्थायी घर भइ काठमाडौंमा व्यवसाय गर्दै आएका केसीले मूल्य अभिवृद्धि कर र आयकर गरी कुल ८ करोड ५३ लाख ७७ हजार ५५४ रुपैयाँ राजश्व चुहावट गरेका थिए । जसमा २ करोड ५० लाख मूल्य अभिवृद्धि कर र ८ करोड ५३ लाख ७७ हजार आयकर चुहावट गरेका थिए ।

उनले राजश्व चुहावट गर्ने मनसायले जालसाजी, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर बिजक खरिद गरेर राजश्व चुहावट गरेको पाइएको विभागले जानकारी दिएको छ । सोहीकारण, राजश्व अनुसन्धान ऐन, २०५२ (पहिलो संशोधनसहित) को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ (क), (च), (ज) र (झ) बमोजिम कसुर पुष्टी भएको बताइएको छ ।

सोही कारण, चुहावट भएको राजश्व रकम ८ करोड ५३ लाख ७७ हजार ५५४ रुपैयाँ र त्यसको सतप्रतिशत गरेर कुल १७ करोड ७ लाख ५५ हजार १०८ रुपैयाँ माग दाबीसहित मुद्दा दायर भएको हो । साथै, उनलाई सोही ऐनको दफा २३ (३) बमोजिम सजायको समेत मागदाबी गरिएको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप