शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

विश्वको सातौँ ठूलो हिरा चोरिएको थियो, मेट गाला २०२२ मा देखियो : कसले लगाइन् ?

सोमबार, २६ वैशाख २०७९, १६ : ५२
सोमबार, २६ वैशाख २०७९

यस वर्षको मेट गालामा किम कार्दासियनले मेरिलिन मुन्रोको ऐतिहासिक पहिरन लगाएर कार्यक्रममा असाध्यै चर्चा बटुलिन् । तर कार्यक्रममा अन्य सेलिब्रिटी पनि यस्ता थिए जसले केही भिन्न कुरा ट्राई गरेका थिए । चर्चित इन्टरनेट सेन्सेसन एम्मा चेम्बरलेनले मेट गाला २०२२ का लागि एक ऐतिहासिक गहना लगाएकी थिइन् ।

रिपोर्टका अनुसार एम्माले मेट गाला रेड कार्पेटका लागि महाराजा पटियाला भुपिन्दर सिंहको नेक चोकरपिस लगाएकी थिइन् । उनले यसलाई लुई भिटनको आउटफिटसँग पेयर गरेकी थिइन् । यो क्रप्ठ कोर्सेट इन्स्पायर्ट टप र आइभरी बडी हगिङ स्कर्टमा एम्मा निकै सुन्दर देखिएकी थिइन् । उनले आफ्नो आफ्नो गहनामा हिराको टियारा पनि लगाएकी थिइन् । तर उनको कपडा र टियाराभन्दा बढी पटियाला नेक चोकरपिसले सबैको ध्यान आकर्षित गर्यो ।

नेकपिसकको इतिहासः

सन् १९२८ मा पटियालाका महाराजाले आफ्नो डि बियर्स डायमन्डलाई फिर्ता गरिदिन बताएका छन् । डि बियर्स संसारको सातौँ ठूलो हिरा हो । उनले कार्टियर (ब्रान्ड) लाई यो नेकलेस बनाउने काम सुम्पिएका थिए । तर सन् १९४८ मा उनका छोरा महाराजा यदविन्द्र सिंहले लगाएपछि यो नेकलेस अचानक गायब भएको थियो । ५० वर्षपछि यो नेकपिस कार्टियरका प्रतिनिधि एरिक नुसबमले लण्डनमा भेटेका थिए । यद्यपि, यो नेकपिसको बाहिरी आवरण मात्रै थियो । यसमा डि बियर्सको स्टोन र बर्मिज रुबीज थिएनन् । त्यसैले कार्टियरले डि बियर्स र अन्य मूल पत्थर बिना नै हिरालाई पुनः जोड्ने योजना बनाए ।

प्रयोगकर्ताले कार्टियरलाई तथानाम सुनाएः

अब मेट गाला २०२२ मा एम्माले यसलाई लगाएदेखि नै चर्चाको विषय बनेको छ । प्रयोगकर्ताले विभिन्न खालका कुरा मिडियामा भनिरहेका छन् । कसैले लेखे, ‘थ्याङ्क्स कार्टियर । यो पटियालाका महाराजका गहना हुन् । यो भारतीय इतिहासमा दर्ता गरिएको चोरिएको गहना हो, सेलिब्रिटीलाई दिइने कुनै फेन्सी नेकपिस होइन । थुप्रै तरिकाले अपमानजनक ।’ अर्काले लेखे, ‘मैले अहिले भर्खरै एम्मा चेम्बरलेनले पटियालाका महाराजको नेकलेस लगाएको देखेँ, मेट गालामा... यो किम कार्दासियाले मेरिलिन मोनरोको ड्रेस लगाएको भन्दा पनि निकै खराब थियो । योसँग निकै गहिरो र दर्दनाक इतिहास जोडिएको छ ।’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘प्रिभिलेजको हद जब चोरिएको सामान ग्लोबल स्टेजमा फ्लन्छ गरिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप