एमालेलाई जिताए ओलीले स्थानीय तह पनि भंग गर्छन् : देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमालेलाई चुनाव जिते केपी ओली स्थानीय तह भंग गरिदिने खतरा औंल्याएका छन् । सोमबार कैलालीको धनगढीमा आयोजित सत्ता गठबन्धनको चुनावी आमसभामा देउवाले पटक पटक संसद भंग गरेका ओलीले स्थानीय तह पनि भंग गर्न सक्ने बताए ।
‘ओलीले स्थानीय सरकारलाई पनि भंग गरिदिन्छन् । हिजो संसद भंग गर्नेले स्थानीय सरकारलाई पनि बाँकी राख्दैनन् ,’ देउवाले भने । संसद भंग गर्ने अधिकार नहुँदा पनि ओलीलाई दुईपटक संसद विघटन गरेको देउवाको भनाइ छ । ‘एमाले पार्टीलाई जिताएर के गर्ने ? फेरि संसद भंग गर्ने ? फेरि संसदमा हंगामा गर्ने ?,’ देउवाको प्रश्न छ ।
एमालेलाई जिताउनु भनेकै संसद भंग गर्न म्यान्डेट दिन भएको देउवाले बताए । देउवाले भने, ‘ओलीजीको पार्टी ल्याउनु भनेको संसद भंग गर्ने नै हो, यस्तो व्यक्तिलाई संसदमा ल्याउनु हुँदैन । ओलीजीले जितेको खण्डमा फेरि त्यही गर्ने हो।’
देउवाले विकास निर्माणका काम र बजेट विनियोजन गर्दा सुदूरपश्चिमलाई प्राथमिकतामा राखिने बताए । साथै उनले गठबन्धनप्रति इमान्दार बन्न पनि कार्यकर्तालाई निर्देशन दिए । पार्टीका बागी उम्मेदवारलाई विज्ञप्तिमार्फत उम्मेदवारी फिर्ता लिन उनको आग्रह छ । उम्मेदवार फिर्ता नलिए कारवाही गरिने पनि देउवाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ कम्पनी मुनशट एआईले एन्थ्रोपिकको प्रविधि चोरी गरेको दाबी
-
विमान उड्ने बित्तिकै पाइलट बिरामी भएपछि...
-
मधेसका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साहसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
सय डलर नजिक पुग्यो कच्चा तेलको भाउ
-
आयात र निर्यातमा यी हुन् उत्कृष्ट भन्सार कार्यालय, ११ नाकाबाट निर्यात शून्य
-
एआईको शरीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण