बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

सोमबार, २६ वैशाख २०७९, १६ : २६
सोमबार, २६ वैशाख २०७९

काठमाडौंको सोल्टीदोबाटोमा ट्रक र स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । सोमबार भएको उक्त दुर्घटनामा स्कुटर चालक घाइते भएका छन् । 

मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङलाफाट बस्ने ६० वर्षीया विमला देवी भट्टराई रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी भट्टराईको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । 

घाइते भएका स्कुटर चालक ६३ वर्षीय ऋषि प्रसाद भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको छ । ना ५ ख १९०९ नम्बरको ट्रक र बा ९४ प ८६७६ नम्बरको स्कुटर आज बिहान ८ बजे ठोक्किएका थिए । दुबै सवारी साधन सहित ट्रक चालकलाई प्रहरी वृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप