नेप्से परिसूचक १२.२७ अंकले वृद्धि

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार १७.९५ अंक बढेको नेप्से सोमबार पनि निरन्तरता दिएको हो ।
सोमबार नेप्से परिसूचक १२.२७ अंक बढेर २२६८.८४ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१२ अंक, फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९४ अंकले बढेको छ । सोमबार कारोबारमा आएका २२२ कम्पनीको ३३ लाख २४ हजार कित्ता शेयर १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १ अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबर भएको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि सामान्य वृद्धि भएको छ ।
नेप्सेका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा व्यापार उपसमूह सबैभन्दा बढी १.७४ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक १.३३ प्रतिशतले वृद्धि भएको छ । बैंकिङ्ग, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन , जलविद्युत, अन्य उपसमूह र वित्त उपसमूहको परिसूचक ० प्रतिशत भन्दा बढीले बढेको छ । तर यता जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक र लगानी उपसमूहको सूचकमा गिरावट आएको छ ।
सोमबार जाल्पा लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, महुली लघुवित्तको शेयरमूल्य ७.७७ प्रतिशत बढेको छ । यता हिमालयन उर्जा विकास कम्पनी, स्वरोजगार लघुवित्तको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले गिरावट आएको छ । सोमबार कारोबार रकमका आधारमा ७ करोड ८३ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । एनआईसी एशियाको ५ करोड ४ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह