वीर अस्पताललाई इलेक्ट्रो लाईट एनलाईजर मेसिन प्रदान
सोमबार, २६ वैशाख २०७९, १६ : ०४

काठमाडौंको ईश्वर मन्दिर नामक एक सामाजिक संस्थाले दुई वटा इलेक्ट्रो लाईट एनलाईजर वीर अस्पताललाई उपलब्ध गराएको छ । सोमबार एक कार्यक्रमका बीच संस्थाका प्रमुख संरक्षक एवम् पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले रगत परीक्षणका लागि अतिउपयोगी हुने सो मेसिन अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।
अमेजिन प्यारेन्स भन्ने अष्ट्रेलियामा रहेको एक संस्थाले उपलब्ध गराएको सो मेसिन गरिव र असहायहरूले उपचार गरिरहेको वीर अस्पताललाई उपलब्ध गराइएको संस्थाका प्रमुख संरक्षक कोइरालाले बताए । अस्पतालका निर्देशक बस्नेतले गरिवीको जीवन रक्षाका लागि अति आवश्यक मेसिन उपलब्ध गराएको भन्दै संस्थाप्रति आभार व्यक्त गरे । सो संस्थाले नेपालको शिक्षा, स्वास्थ्य र भूकम्पपछिको पुनर्निर्माणमा काम गर्दै आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता