बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवबाट फुटेको पार्टीद्वारा ८ बुँदे प्रतिबद्धता सार्वजनिक (विज्ञप्तिसहित)

सोमबार, २६ वैशाख २०७९, १८ : ४४
सोमबार, २६ वैशाख २०७९

विप्लव समूहबाट फुटेको नेकपा (बहुमत) पार्टीले पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र माओवाद हुने उल्लेख गरेको छ । यसको कार्यक्रम, कार्यदिशा र कार्यनीति क्रमशः वैज्ञानिक समाजवाद, एकीकृत जनयुद्ध र स्वाधीन संयुक्त सरकार हुने सो पार्टीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै पार्टीको कार्यनीतिक कार्यक्रम राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, समृद्धि र स्वाधीनता हुने विज्ञप्तिमा उल्लेख छ । मुल पार्टी नेकपाभित्र विवाद भएपछि वैशाख २१ देखि २३ गतेसम्म भएको राष्ट्रिय भेलाले नयाँ पार्टी नेकपा (बहुमत) गठनको निर्णय भएको थियो । सोही निर्णयानुसार सोमबार राजधानीमा आयोजित कार्यक्रमका बीच पार्टी घोषणा भएको हो । 

घोषणासभामा विशेष राष्ट्रिय भेलाले ७ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । जसमा सरकारसँग भएका ३ बुँदे सहमति कार्यान्वयनमा जोड दिइएको छ । यस्तै संसदीय व्यवस्थामा नअल्झिने तथा महँगी, भ्रष्टाचार तथा एमसीसीको विरोध गरिएको छ । यस्तै पार्टीले ८ बुँदे प्रतिबद्धता पनि जनाएको छ।  जनतामाथि फेरि पनि धोका नहोस् भनेर राष्ट्रिय भेलाबाट ८ बुँदे प्रतिबद्धता जनाइएको संयोजक धर्मेन्द्र बाँस्तोलाले जानकारी दिए । 

पार्टीले जनतापनि समर्पित भएर वैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्यमा निरन्तर अघि बढ्ने निर्णय गरेको जानकारी दिँदै यो बाटोको व्यवधानका रुपमा आउने सबैखाले अवसरवाद, संशोधनवाद र साम्राज्यवादका रुपमा निरन्तर क्रान्ति गर्ने प्रण पनि गरेको छ । 
विज्ञप्ति हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप