सेयर बजार १२ अंकले बढ्यो, १ अर्ब ३९ करोडको कारोबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजपनि दोहोरो अंकको सुधार आएको छ । पछिल्लो समय निरन्तर घट्दै आएपनि नेप्से परिसूचक हिजो आइतबार १७ अंकले र आज सोमबार १२ अंकले बढेको हो । पछिल्लो समय निरन्तर घट्दै आएको सेयर बजार पछिल्लो दुई कारोबार दिनमा २९ अंकले बढेको छ । दुई दिनको वृद्धिसँगै नेप्से परिसूचक बढेर २२३८ अंकबाट २२६८ अंकमा पुगेको छ । यस्तै, हिजोको तुलनामा आज कारोबार रकम पनि बढेको छ ।
हिजो आइतबार १ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएकामा आज १ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ । जुन, हिजोको तुलनामा ७ करोड कारोबार रकम बढी हो । यस्तै, आज ३३ लाख २४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।
बजार १२ अंकले बढेको दिन ४ समूहमा गिरावट आएको छ । जीवन बीमा समूहमा ८२ अंकको गिरावट आउँदा होटेल÷टुरिजममा २५ अंकको तथा विकास बैंक समूहमा २० अंकको गिरावट आएको छ । यस्तै, लगानी समूहमा ०.०७ अंकको गिरावट आएको छ ।
यसबाहेक लघुवित्त समूह ६० अंकले बढ्दा निर्जीवन बीमा समूह ५७ अंक र व्यापार समूह ३५ अंकले बढेको छ । यस्तै, उत्पादनमूलक समूहमा २७ अंकको सुधार आउँदा बैंक समूह १४ अंकले बढेको छ । यस्तै, जलविद्युत, अन्य, वित्त र म्यूचुअल फण्ड समूहमा समेत वृद्धि आएको छ ।
सेयर बजारको बढेको दिन जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । प्रतिकित्ता १६७ रुपैयाँले मूल्य बढेसँगै कम्पनीको सेयर मूल्य १८ सय ३९ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले एक दिनमै ६४ करोड मत गनेपछि एलन मस्कको यस्तो प्रतिक्रिया
-
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु
-
शुक्रबारबाट रिलिज ‘तेल भिसा’ र ‘अग्निदहन’को व्यवसाय कस्तो ?
-
बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
-
धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको अन्तर्वार्ता सम्पन्न
-
सिनामंगलस्थित होटलमा दुई युवायुवती मृत अवस्थामा भेटिए