काँग्रेस इमान्दार भएर लाग्दा सुदूरपश्चिममा ओलीका मान्छे बडारिन्छन् : दीर्घ सोडारी
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले चुनावी तालमेलमा नेपाली काँग्रेस इमान्दार हुनुपर्ने बताएका छन् । धनगढीमा आयोजित सत्ता गठबन्धनको चुनावी आमसभामा उनले भने, ‘काँग्रेस र नेपाली काँग्रेसका सबै कार्यकर्ता गठबन्धनका पक्षमा इमान्दारीता पूर्वक लाग्ने हो भने जित सुनिश्चित छ ।’
काँग्रेस फराकिलो भएर गठबन्धनको पक्षमा लाग्दा सुदूरपश्चिमा एमालेका उम्मेदवार बडारिने एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका मन्त्री सोडारीको भनाइ छ । ‘ काँग्रेस फराकिलो भएर गठबन्धनको पक्षमा लाग्ने हो भने केपी ओलीका मान्छे सबै बडारिने छन्,’ सोडारीले भने ।
यसमा एकीकृत समाजवादी होस्टेमा हैँसे गर्न तयार रहेको उनको भनाइ छ । गठबन्धनमा केही ठाउँमा कुरा मिल्न नसकेको भन्दै संयोजनकर्ताका हैसियतले काँग्रेसले विशेष पहल लिने उनले बताए ।
धनगढी उपमहानगरपालिका गठबन्धनका साझा उम्मेदवार नृप वड र उपमेयर शान्ति अधिकारीको टिमको जित सुनिश्चित रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी