झडपपछि कोलम्बोमा अनिश्चितकालीन कर्फ्यु
सोमबार, २६ वैशाख २०७९, १४ : ४९
श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका र सरकार समर्थकबीच झडप भएपछि प्रहरीले सोमबार कोलम्बोमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।
समाचार एजेन्सी एएफपीले झडपमा कम्तीमा २० जना घाइते भएको जनाएको छ। एएफपीका अनुसार अप्रिल ९ देखि राष्ट्रपतिको कार्यालयबाहिर शिविरमा बसेका निशस्त्र प्रदर्शनकारीहरूलाई लाठीलगायत प्रयाेग गरेर राजापाक्षे समर्थकहरूले आक्रमण गरेका थिए ।
सरकार विरोधी प्रदर्शनकारीहरूले बनाएको टेन्ट र अन्य संरचनाहरू भत्काउन प्रहरीको लाइन तोड्ने सरकार समर्थकहरूमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार पनि गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या