बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

झडपपछि कोलम्बोमा अनिश्चितकालीन कर्फ्यु

सोमबार, २६ वैशाख २०७९, १४ : ४९
सोमबार, २६ वैशाख २०७९

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका र  सरकार समर्थकबीच झडप भएपछि प्रहरीले सोमबार कोलम्बोमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।

समाचार एजेन्सी एएफपीले झडपमा कम्तीमा २० जना घाइते भएको जनाएको छ। एएफपीका अनुसार अप्रिल ९ देखि राष्ट्रपतिको कार्यालयबाहिर शिविरमा बसेका निशस्त्र प्रदर्शनकारीहरूलाई लाठीलगायत प्रयाेग गरेर राजापाक्षे समर्थकहरूले आक्रमण गरेका थिए ।

सरकार विरोधी प्रदर्शनकारीहरूले बनाएको टेन्ट र अन्य संरचनाहरू भत्काउन प्रहरीको लाइन तोड्ने सरकार समर्थकहरूमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार पनि गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप