काँग्रेस र माओवादीले एमालेसँग तालमेल गर्नु बेइमानी भयो : महासचिव भुसाल
नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसालले पाँच दलीय गठबन्धनको निर्णयविरुद्ध एमालेसँग तालमेल गर्नु राजनीतिक बेइमानी भएको टिप्पणी गरेका छन् । रातोपाटीसँगको विशेष कुराकानीमा भुसालले सत्ता गठबन्धनमा तालमेल नभएको अवस्थामा मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय भएपनि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्नु अनैतिक कार्य भएको बताए ।
‘गठबन्धनभन्दा बाहिर गएर तालमेल गर्नु राजनीतिक रुपमा अनैतिक भयो । गठबन्धनभन्दा बाहिर गएर तालमेल नगरौं भनेर शीर्ष नेताको तहमै निर्णय गरेर निर्देशन पनि गरेका छौ । यदि मित्रवत प्रतिष्पर्धा गर्ने भन्ने थियो’ रातोपाटीसँग कुरा गर्दै भुसालले भने, ‘हामीले त्यसरी गरेको तालमेल फिर्ता हुने भनिएको छ । खारेज गर्ने पनि पार्टीहरुले भनेका छन् ।
त्यसपछि पनि सबै ठाउँमा भएको छैन ।’ गठबन्धनमा सहभागी दलले कतिपय ठाउँमा एमालेसँग तालमेल गरेपनि छोडे पनि त्यो संख्या अझै धेरै भएको हुनसक्ने भुसालले बताए । गठबन्धन दलमा समेत प्रयाप्त छलफल नभएकाले धेरै तालमेल हुन नसकेको भुसालले बताए । तर, एकीकृत समाजवादीले भने एमालेसँग तालमेल गरेको छैन । पाँच दलीय गठबन्धन नभएको अवस्थामा एकीकृत समाजवादीले काँग्रेस वा माओवादीसँग चुनावी तालमेल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्कटमा परेको न्यायिक स्वतन्त्रता, न्यायपालिकामा बढ्दो कार्यपालिकाको हस्तक्षेप
-
अङ्कगणितमा अल्झिएको बागमती सरकार
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण