बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँमा आएको सिंहदरबारको अधिकार काठमाडौं फर्काउने प्रवृत्तिविरुद्ध गठबन्धन : प्रचण्ड

सोमबार, २६ वैशाख २०७९, १४ : २७
सोमबार, २६ वैशाख २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अवस्था परिवर्तनका लागि आफूहरु गठबन्धन बनाएर चुनावमा होमिएको बताएका छन् । सोमबार चुनावी सभालाई सम्बोधन गर्न कालिकोट पुगेका उनले देश संघीयता, लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षतामा अघि बढेको बताउँदै अब जनताको अवस्था परिर्वतन गर्न आफूहरु केन्द्रित भएको बताए ।

उनले प्रतिगमन विरोधी, प्रतिक्रान्ति विरोधी, संविधान कुल्चने दुष्प्रयास गर्ने ‘ओली प्रवृत्ति’का विरुद्ध गठबन्धन बनेको पनि प्रस्ट पारे । देशका दलित, आदिवासी, जनजाति र महिला सबैले पाएको पहिचान उल्ट्याउने, गाउँ–गाउँमा पुगेको सिंहदरबारको अधिकारलाई फेरि फर्काएर काठमाडौं लैजाने षड्यन्त्र भएका कारण त्यसलाई परास्त गर्न गठबन्धन निर्माण भएको उनको तर्क थियो ।

उनले संविधानको रक्षा गर्ने, गणतन्त्रको रक्षा गर्ने, देशमा समाजवादको आधार तयार पार्ने, समाजवाद उन्मुख संविधान कार्यान्वयन गर्ने गठबन्धनको मुल उद्देश्य भएको पनि स्पष्ट पारे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप