बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ताइवानको पूर्वी तटमा शक्तिशाली भूकम्प

सोमबार, २६ वैशाख २०७९, १३ : ४५
सोमबार, २६ वैशाख २०७९

ताइवानको पूर्वी तटमा सोमवार ६ दशमलव १ म्याग्‍निच्यूडको भूकम्प गएको छ । भूकम्पलगत्तै ताइपेइका भवन तथा संरचनाहरू हल्लिएका थिए । भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन् ।

पूर्वी तटमा केन्द्रबिन्दु रहेको सो भूकम्पको गहिराइ २७ दशमलब ५ किलोमिटर रहेको थियो । भूकम्प ताइवानभर महसुस गरिएको थियो । दुई टेक्टोनिक प्लेटको संगम नजिकै​ रहेको ताइवान भूकम्पको जोखिममा छ ।

ताइवानमा बारम्बार भूकम्प जाने गरेको छ । सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । त्यस्तै, सन् १९९९ मा ७ दशमलब ३ म्याग्‍निच्यूडको भूकम्पले २ हजारभन्दा बढीको ज्यान लिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप