रौतहटका ४ पालिकामा नयाँ र १४ मा पुरानै उम्मेदवार
शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनमा रौतहटका १८ मध्ये ४ पालिकामा नयाँ अनुहार उम्मेदवार बनेका छन् । बाँकी १४ पालिका प्रमुखमा भने पुरानै अनुहार दोहोरिएका छन् । रौतहटका १६ नगरपालिका र २ वटा गाउँपालिका रहेका छन् । गौर नगरपालिकामा लोसपाबाट अजयकुमार गुप्ता, राजदेवीमा नेपाली काँग्रेसका धीरेन्द्र प्रसाद सिंह, दुर्गा भगवती गापामा काँग्रेसकै अरुणकुमार साह, माधवनारायण नपामा जसपाको वीरेन्द्र यादव, गढीमाई र वृन्दावनमा काँग्रेसकै श्यामप्रसाद यादव, रामस्नेही यादव चुनावी मैदानमा उत्रिएका छन् ।
त्यसैगरी गुजारामा जसपाका सन्तलाल चौधरी, फतुवा विजयपुरमा नेपाली काँग्रेसबाट गोपाल यादव, मौलापुरमा एमालेका रिनाकुमारी साह, बौधीमाईमा जसपाका राजिवरन्जन यादव, परोहामा काँग्रेसका शेख वकिल, इशनाथमा एमालेका सन्तोष कुमार मेहता, कटहरियामा एमालेका सियाराम कुश्वाहा, जसपाका गरुडामा अनिलकुमार यादव सहितका व्यक्तिहरु चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
यसैगरी चन्द्रपुर, राजपुर, देवाही गोनाही र यमुनामाईसहित चार वटा पालिकामा नयाँ अनुहार प्रमुख पदमा उम्मेदवारी दिदै मैदानमा ओर्लिएका छन । चन्द्रपुरमा काँग्रेसको टिकटबाट २०७४ सालमा निर्वाचित रामचन्द्र चौधरीलाई यसपालि टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रेका छन् । चन्द्रपुरमा काँग्रेसले सञ्जय काफ्लेलाई उम्मेदवार बनाएर चुनावी प्रतिष्पर्धामा उतारेका छन् । यस्तै देवाही गोनाही नपाको निवर्तमान मेयर धर्मेन्द्र पटेल भ्रष्टाचार मुद्दामा फसेपछि आफ्नो श्रीमतीलाई मेयरको उमेदवार बनाएर मैदानमा उतारेका छन् ।
रौतहटको १८ वटै पालिकाका प्रमुख उपप्रमुख तथा वडा अध्यक्षका नया तथा पुरानोहरु सडक, नाला, स्वास्थ्य ,शिक्षा, खानेपानी,भौतिक पुर्वाधार निर्माण लगायत मानिसलाई चाहिने आधारभूत आवश्यक्ताहरु पुरा गर्न तथा अधुरो काम पुरा गर्न भन्दै चुनावी मैदानमा मतदाताहरूलाई रिझाउनमा व्यस्त रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार