शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाइयो

सोमबार, २६ वैशाख २०७९, १० : ४१
सोमबार, २६ वैशाख २०७९

आसन्न निर्वाचनका लागि  व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो । 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले छाङ्गरु र तिङ्करमा  हेलिकप्टरमार्फत निर्वाचनमा प्रयोग हुने सामग्री, निर्वाचन अधिकृत तथा सुरक्षाकर्मी पठाइएको जानकारी दिए । तिङ्करको छायालेकमा रहेको प्रहरी चौकीका लागि आवश्यक  सामग्री पनि हेलिकप्टरमार्फत लगिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप