सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

कुरिनटारमा सशस्त्र प्रहरीको गोताखोर तालिम सुरु

सोमबार, २६ वैशाख २०७९, १० : ३१
सोमबार, २६ वैशाख २०७९

चितवनस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिम सुरु भएको छ । आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह–सचिव हरि प्रसाद घिमिरेले गोताखोर तालिम उद्घाटन गरेका हुन् । ‘सिसम–२’ गोताखोर तालिममा २० जना सशस्त्र प्रहरीका जवानहरू प्रशिक्षार्थीको रूपमा सहभागी छन् ।

गोताखोर तालिम ५ हप्ता सञ्चालन हुने सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) विदुर खड्काले रातोपाटीलाई बताए । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा पहिलोपटक गोताखोर तालिम सुरु भएको हो । डीआईजी खड्काका अनुसार तालिम अवधिमा प्रशिक्षार्थीहरूलाई सप्तकोशी, फेवाताल, कुलेखानी र त्रिशूलीमा प्रशिक्षण दिइन्छ ।

डुबेर हुने मानवीय घट्नामा विपद् प्रतिकार्यको लागी गोताखोर तालिम अपरिहार्य हुने विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका कामु एसएसपी अन्जनी कुमार पोखरेलले बताए । सशस्त्र प्रहरी बलका २५ जना सुरक्षा अधिकारीले २०६९ वैशाखमा बंगलादेशमा गोताखोर तालिम लिएर आएका थिए । नेपालमा पहिलो पटक २०७६ असोजमा सशस्त्र प्रहरी बल नम्बर–१ बराह बाहिनी, सुनसरीमा गोताखोर तालिम भएको थियो । त्यतिबेला १९ जना सशस्त्र प्रहरी कर्मचारीले तालिम लिएका थिए । सशस्त्र प्रहरीसँग अहिले ३७ जना गोताखोर तालिम लिएका सुरक्षाकर्मी छन् ।

तालिम उद्घाटन गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह–सचिव हरि प्रसाद घिमिरेले कुरिनटारमा सञ्चालित तालिम विपद् व्यवस्थापनको क्षेत्रमा कोशेढुंगा साबित हुने बताएका छन् । विपद् व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत तालिम प्राप्त सुरक्षाकर्मीले अहिलेसम्म ८०२ जनाको जीवित उद्धार गरेका छन् । ३०५ जनाको शव नदीबाट निकालिएको शिक्षालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप