इन्टरलाई पछि पार्दै एसी मिलान शीर्ष स्थानमा
सोमबार, २६ वैशाख २०७९, ०८ : ०१
![इन्टरलाई पछि पार्दै एसी मिलान शीर्ष स्थानमा](https://rpcdn.ratopati.com/media/albums/GettyImages-1396133343_XehSYhcNEf.jpg)
इन्टर मिलानलाई पछि पार्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति मिलानले हेलास भेरोनामाथि ३–१ को पूनरागमन जित निकाल्दै शीर्ष स्थानमा फर्किएको हो । एसी मिलानको जितसँगै सिरी ए को उपाधि यात्रा झनै रोचक बनेको छ ।
मिलानको जितमा सान्द्रो टोनालीले २ तथा एलेसान्द्रो फ्लोरेन्जीले १ गोल गरे । घरेलु टोली भेरोनाका मार्काे डेभिड फाराओनीको सान्त्वना गोल गरे ।
जितसँगै मिलानले ३६ खेलबाट ८० अंक जोडेको छ । दोस्रो स्थानको इन्टर मिलानको ७८ अंक छ । पराजित भेरोना ५२ अंक जोडेर नवौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का