शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखको आठबीसमा एमालेबाट मेयरका उम्मेदवार चढ्ने गाडीमा आगजनी

सोमबार, २६ वैशाख २०७९, ०७ : ३२
सोमबार, २६ वैशाख २०७९

दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ । बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडी  बिहान साढे ३ ः १५ बजे आगजनी भएको उम्मेदवार तर्क बडुवालले जानकारी गराएका छन्  । बडुवालले कुनै एक अज्ञात समुहले गाडीमा आगजनी गरेको हुनसक्ने बताए । 

गाडी आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ् गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पु¥याएका थिए,’उनले भने ,‘त्यस कारण गाडीमा खासै क्षति भने हुन सकेन् ।’

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनाबारे  इलाका प्रहरी कार्यालय राकम कर्णालीले अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप