गोल वर्षा गर्दै सिटीलाई तीन अंकको अग्रता
म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको निराशालाई पन्छाउँदै न्युक्यासल युनाइटेडलाई हराएर प्रिमियर लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ।
साबिक विजेता टोलीले लिभरपुलको टोटेनहम हटस्परसँगको बराबरीको फाइदा उठाउँदै प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउनुका साथै गोल अन्तरमा पनि उल्लेखनीय रूपमा सुधार गरेको हो ।
पेप ग्वार्डिओलाको टोलीलाई १९ औँ मिनेटमा रहिम स्टर्लिङले अग्रता दिलाएका थिए । हाफ टाइम अघि एमेरिक लापोर्टेले अर्को गोल थपे । दोस्रो हाफमा रोड्री, फिल फोडेन र स्टर्लिङले एक एक गोल थप्दै टोलीलाई शानदार जीत दिलाए । ३५ खेलपछि सिटीको ८६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ८३ अंक रहेको छ ।
आइतबार नै भएको अन्य खेलमा आर्सनलले लिड्सलाई २-१ ले हराउँदै च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । त्यस्तै एभर्टनले लेस्टर सिटीलाई समान गोलअन्तरले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !