अमेरिकी प्रथम महिला जिल बाइडेन किभमा
सोमबार, २६ वैशाख २०७९, ०६ : १६
अमेरिकी प्रथम महिला जिल बाइडेनले युक्रेनकी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेकी छन् । वासिंगटनले मस्कोमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरिरहेका बेला जिल बाइडेनले जेलेन्स्कासँग भेट गरेकी हुन् ।
दुई पहिलो महिलाको भेट सीमावर्ती सहर उज्होरोडको एक विद्यालयमा भएको थियो । २४ फेब्रुवरीमा युक्रेनमा रुसी आक्रमण सुरु भएपछि जेलेन्स्का पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेकी हुन् ।
रुसी हमलाको विरोधमा अमेरिकाले २६ सय रुसी र बेलारुसका नागरिकहरुमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।
तीन रूसी टिभि स्टेसनहरू र गाजप्रोमबैंकका अधिकारीहरूमाथि पनि वासिंगटनले प्रतिबन्ध लगाएको छ । यसैबीच जी ७ नेताहरूले रुसी तेललाई प्रतिबन्ध लगाउन प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'जनयुद्धका चिठी' पुस्तक सार्वजनिक
-
युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो : उपराष्ट्रपति यादव
-
गैरआवासीय नेपाली नागरिकताको थप कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
नयाँ इतिहास लेख्दै लेभरकुजन, अपराजित भएर लिग जित्ने पहिलो टोली बन्यो
-
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
-
सहकारी छानबिन प्रकरण : कानुन मन्त्रालयमा कार्यदलको बैठक