हङकङको मुख्य प्रशासकमा ली निर्वाचित
आइतबार, २५ वैशाख २०७९, २२ : २१
हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौं मुख्य प्रशासकको निर्वाचनमा बेइजिङसँग सुमधुर सम्बन्ध रहेका जोन ली निर्वाचित भएका छन् । हङकङ विशेष प्रशासनिक क्षेत्र मुख्य प्रशासक निर्वाचन समितिका करिब १४६० सदस्यले मतदानद्वारा उम्मेदवारलाई मतदान गरेका छन् । ली च्याछाउले १४१६ मत प्राप्त गरेका छन् ।
सम्पूर्ण निर्वाचन प्रक्रिया हङकङ विशेष प्रशासनिक क्षेत्र निर्वाचन मामिला आयोग, भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग, उम्मेदवारको छानबिन प्रतिनिधिहरू, हङकङबासी र सञ्चारमाध्यमको निगरानीमा गरिएको हो ।
हङकङ विशेष प्रशासनिक क्षेत्रीय सरकारले नियुक्तिका लागि केन्द्रीय जन सरकारलाई निर्वाचन परिणाम पेश गर्नेछ । छैटौं मुख्य प्रशासकको कार्यावधि सन् २०२२ को जुलाई १ देखि २०२७ को जुन ३० तारिखसम्म रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या