शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नाइजेरियामा बन्दुकधारीद्वारा ४८ जनाको हत्या

आइतबार, २५ वैशाख २०७९, २२ : १४
आइतबार, २५ वैशाख २०७९

नाइजेरियाको उत्तर पश्चिमी जाम्फारा राज्यका तीन गाउँमा भएको आक्रमणमा बन्दुकधारीहरूले कम्तीमा ४८ जनाको हत्या गरेको स्थानीय अधिकारी र बासिन्दाले आइतबार बताएका छन् ।

बकुरा गाविसका प्रशासकीय प्रमुख अमिनु सुलेमानले एक जना बासिन्दाले उपलब्ध गराएको मृतक सङ्ख्यालाई पुष्टि गर्दै भने, “तीन गाउँ दम्री, सबोन गारिन र कालाहमा डाँकाहरूले गरेको नृसंश आक्रमणमा ४८ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।”

आक्रमणस्थल शहरबाट धेरै टाढा जङ्गली क्षेत्रमा रहेकोले घटनाबारे थप विस्तृत विवरणहरू आउन अझै केही समय लाग्ने बताइएको छ । अफ्रिकी मुलुक नाइजेरियामा गाउँहरूमा सरकारी सुरक्षा संयन्त्र नपुग्दा वर्षेनी डाकाहरूको आक्रमणबाट सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप