कैलालीमा निर्वाचनको तयारी अन्तिम चरणमा

यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी कैलालीमा अन्तिम चरणमा पुगेको छ । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । “कर्मचारीलाई नियुक्ति पत्र दिई मतदान केन्द्रमा पठाउन सुरु गरेका छौँ,” उनले भने, “मतदान केन्द्र (बुथ) निर्माणको कामसमेत सुरु गर्न लागिएको छ ।”
मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीलाई नियुक्ति पत्र दिई मतपत्र, मत पेटिकालगायत निर्वाचन सामग्रीसहित खटाउन लागिएको हो । कैलालीका सबै १३ पालिकाका २३६ मतदानस्थलमा व्यवस्था गरिएका ६१९ मतदान केन्द्रका लागि ६१९ मतदान अधिकृत र त्यतिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाइएको छ । पाँच सय मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र सो भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुुई सहायक कर्मचारी खटाउन लागिएको छ । सबै मतदान केन्द्रमा एक कार्यालय सहयोगी खटाउन लागिएको छ ।
निर्वाचनको मौन अवधि यही वैशाख २७ गते राति १२ बजेदेखि सुरु हुन लागेको पनेरुले जानकारी दिए । निर्वाचनको थोरै दिन बाँकी रहँदा प्रत्याशीहरु मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् । जिल्लामा एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मतपछि कुलेखानी तेस्रोबाट पुनः विद्युत् उत्पादन सुरू
-
मोदीको चेतावनी : हामीले १ सयभन्दा बढी आतंककारी मार्यौँ, पाकिस्तानको मनोवृत्ति हेरेर थप कारबाही गर्छौँ
-
वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध
-
अमेरिकाकाे चेतावनी : युद्ध नरोके व्यापारमा सघाउँदैनौँ
-
खानेपानी मन्त्री भन्छन्, ‘जनताले महसुस गर्ने गरी काम भएको छ’
-
सुदीपका परिवारसँग नेपालस्थित भारतीय राजदूतावासका प्रतिनिधिको भेट