शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले सबैलाई मिलाउने काम गरेको छ  : नेता पौडेल

आइतबार, २५ वैशाख २०७९, २१ : ४६
आइतबार, २५ वैशाख २०७९

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालको राजनीतिमा काँग्रेसले सबैलाई मिलाउने काम गरेको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ मा आइतबार आयोजित चुनावी कोणसभामा उनले सबैलाई मिलाएर लैजान सक्ने क्षमता काँग्रेससँग मात्र रहेको जिकिर गरे ।

नेता पौडेलले समाजमा विभाजन नभई एकता कायम गर्ने काँग्रेसको मूल ध्येय रहेको बताए । उनले भने, “बहुदलीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न, संविधान कार्यान्वयन गर्न सबैलाई मिलाएर हिँड्न चाहन्छौँ । कम्युनिष्ट पार्टीका नेताहरु कांग्रेसको नेतृत्व स्वीकार गरेर गठबन्धन गर्न आउनुभएको छ ।”

नेता पौडेलले एकताको विकास गर्नका लागि राजनीतिक ध्रुवीकरण बढाउने नभई घटाउनेतर्फ कांग्रेस लागेको उल्लेख गरे । “विसं २०७४ मा कम्युनिष्टहरू मिलेर काँग्रेससँग प्रतिस्पर्धा गरे, त्यो गठबन्धन धेरै समय टिक्न सकेन, दुई तिहाईको सरकार कम्युनिष्टकै कारण विघटन भयो”, उनले भने । 

नेता पौडेलले शुक्लागण्डकी नगरपालिकामा पनि गठबन्धन गरेर चुनाव लडेकाले उम्मेदवारलाई जिताउन सम्पूर्ण कार्यकर्तालाई आग्रह गरे ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप