भक्तपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा, यसरी गरिँदैछ मत गणनास्थलको तयारी

भक्तपुरमा स्थानीय तहको निर्वाचनपछि आवश्यक हुने मतगणनास्थलको तयारी सुरु भएको छ । जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाकाअनुसार भक्तपुर नगरपालिकाको मतगणनास्थल तयारीको प्राथमिक चरण सुरु भएको हो । उनका अनुसार नगरपालिकाकाकै भवनको माथिल्लो तल्लामा रहेको सभाहललाई मतगणनास्थल बनाउने तयारी गरिएको छ ।
बास्तोलाकाअनुसार भवनको माथिल्लो तल्लाको सानो र ठूलो हललाई मतगणना स्थल बनाइएको छ । उक्त स्थानमा भक्तपुर नगरपालिकाको एकदेखि १० वडाको मतपेटिका समेत राखिने र गणना हुने गरेर तयारी सुरु गरिएको छ ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएकी छिन् । ‘सुरक्षाको हिसाबले पनि लगभग तयारी सकिएको छ’ उनले भनिन् । मतगणनास्थलमा विद्युत, फोन, इन्टरनेट, सीसी क्यामरा जडान तयारी समेत तीब्र रुपमा भइरहेको छ । भक्तपुर जिल्लामा ७७ मतदानस्थल र २ सय १९ वटा मतदान केन्द्र तोकिएको छ ।
स्थानीय निर्वाचनका लागि भक्तपुरमा पुरुष ९२ हजार २६५, महिला ९७ हजार ३१४, अन्य ५ जना गरी कुल एक लाख ८९ हजार ५८४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जिप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु
-
‘थारू’लाई छुट्टै पहिचान दिन सर्वोच्चको अस्वीकार, देखायो यस्ता कारण
-
पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्छ : अध्यक्ष ढकाल
-
गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल