बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनका विषयमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकामा झडप

आइतबार, २५ वैशाख २०७९, २१ : ०२
आइतबार, २५ वैशाख २०७९

पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकामा झडप भएको छ । आइतबार दिउँसो त्रिवेणी गाउँपालिका–८ माओवादी केन्द्र निकट वाइसिएल र काँग्रेसका कार्यकर्ता बीचमा झडप भएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए ।

स्थानीय निर्वाचनको विषयमा झडप हुँदा केही मानिसहरु सामान्य घाइते भएको एसएसपी केसीले जानकारी दिए । आइतबार पश्चिम रुकुमकै  मुसिकोट नगरपालिकामा पनि झडप भएको थियो । मुसिकोट–८ मा काँग्रेस र माओवादीको बीचमा झडप हुँदा १० जना घाइते भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप