शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि संसद अधिवेशन आह्वान

आइतबार, २५ वैशाख २०७९, २० : १७
आइतबार, २५ वैशाख २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेकी छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ३ गते दिउँसो ४ बजेका लागि संसदको बजेट अधिवेशन आह्वान गरेकी हुन् ।

मन्त्रिपरिषद बैठकले जेठ ३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । जेठ १५ गते सरकारले बजेट पेश गर्ने संवैधानिक व्यवस्था छ । यसअघि हुने पूर्वबजेट छलफल, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत र छलफलका लागि संसदको अधिवेशन आह्वान गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप