बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुकुम पश्चिमको मुसिकोटमा काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप, १० जना घाइते

आइतबार, २५ वैशाख २०७९, १८ : ४१
आइतबार, २५ वैशाख २०७९

रुकुम पश्चिमको मुसिकोटमा काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको छ । आपसी विवादका क्रममा दुई पक्षीयबीच झडप भएको हो । 

झडपका क्रममा १० जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले झडप भएको पुष्टि गर्दै दुबै पक्षका गरी १० जना घाइते भएको बताए । मुसिकोटमा एमाले र काँग्रेसको गठबन्धन छ भने माओवादी केन्द्र एकीकृत समाजवादी पार्टीसँग मिलेर चुनावी भिडन्तमा छ । रुकुम पश्चिम अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप