बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इनबिल्ट जीपीएससहितको रियलमी डिजो वाच प्रो स्मार्ट वाच नेपाली बजारमा

ब्लड अक्सिजन र हर्टरेट मनिटर गर्नसक्ने
आइतबार, २५ वैशाख २०७९, १८ : ४६
आइतबार, २५ वैशाख २०७९

नेपालको प्रतिष्ठित औधोगिक तथा व्यावसायिक घराना मुरारका ग्रुपअन्तरगतको पशुपति ट्रेडलिंक प्रालिले  '​डिजो' ​ब्राण्डको नयाँ स्मार्ट वाच बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि डिजो ब्राण्डको आधिकारीक आयातकर्ता तथा वितरक कम्पनीले नेपाली बजारमा  '​रियलमी डिजो वाच प्रो'  स्मार्ट वाच लन्च गरेको हो।

रियलमी टेक लाइफ इकोसिस्टमको पहिलो ब्राण्ड रहेको डिजोले नेपाली ग्राहकहरुलाई ध्यानमा राखेर नयाँ स्मार्ट वाच ल्याएको जनाइएको छ । डिजो वाच प्रोमा प्रिमियम मापदण्डसहितका फिचरहरु राखिएको कम्पनिले जनाएको छ । जसमा इनबिल्ट जीपीएस रहेको छ। जीपीएस प्लस ग्लोनास रहेको र विभिन्न सेन्सरहरु राखिएको हुँदा हरेक फिटनेट कार्यको ट्र्याक स्याटेलाइटमार्फत गर्न सकिने बताइएको छ । मर्निङ्ग वाक गर्दा हिँडेको बाटो, गतिबिधि, स्पीड, एक्सरसाइज लगायतका डाटाहरु स्याटेलाइटको माध्यमबाट ट्र्याक गर्न सकिने जनाइएको छ । स्मार्ट वाचमा ९० ओटा फरक फरक स्पोर्टस मोड राखिएको पनि कम्पनिले बताएको छ ।  

यो स्मार्ट वाच नेपालका अनलाइन तथा अफलाइन बजारहरुमा देशभर उपलब्ध रहेको छ। कम्पनीले यसको बजार मूल्य ७,९९० रुपैयाँ तोकेको छ। ब्ल्याक र स्पेस ब्लू कलर अप्सनमा उपलब्ध रहेको डिजो वाच प्रोमा १ वर्षको वारेन्टी सुबिधा पनि रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप