छोरासहित एकीकृत समाजवादी प्रवेश गरे मधुकर अधिकारी
तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिबाट राजीनामा दिएका मकवानपुरका नेता मधुकर अधिकारी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । आइतबार पोखरा पुगेर नेता अधिकारी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले अधिकारीलाई पार्टीमा उचित र सम्मानित भूमिका दिइने बताए । नेपालले भने, ‘राजनीति सहअस्तित्व र सहभागितात्मक हुनुपर्छ, कसैलाई काखा पाखा र अन्याय गरिनेछैन, यही विभेदविरुद्ध एमालेमा विद्रोह गरेर नयाँ पार्टी स्थापना गरिएको हो ।’
पार्टी प्रवेशपछि अधिकारीले समाजवादी यात्रामा सक्रिय रहने बताए । उनले राप्रपामा अझै पनि अवसरवाद, नातावाद र सामान्तवादको अभ्यास जारी रहेको र संगठनमा दिलोज्यान दिनेहरु अवसरबाट विमुख हुने क्रम अरु बढेकाले विद्रोह गरेको बताए ।
यस्तै राप्रपा मकवानपुरका प्रवक्ता विशभ अधिकारी पनि पार्टी परित्याग गर्दै एकीकृत समाजवादीमा आवद्ध भएका छन् । उनी मधुकर अधिकारीका छोरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि