शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘ऐना’ ले बेल्जियममा नेपाली कला संस्कृति चिनाउने काम गर्यो– राजदूत राजभण्डारी

आइतबार, २५ वैशाख २०७९, १७ : ३८
आइतबार, २५ वैशाख २०७९

बेल्जियमको सक्रिय संस्था युरो नेपाल कलाकार संघ (ऐना) ले लुभेनबाट नेपाली पञ्चेबाजा तथा नौमती बाजाको प्रयोग गर्ने कार्यक्रम सुरु गरेको छ । ऐनाले आइतबारदेखि उक्त कार्यक्रमको सुरु गरेको हो । 
कार्यक्रमको उद्घाटन बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारीले गरे ।  नेपालको कला–संस्कृतिको संरक्षणका लागि विदेशी भूमिमा ऐनाले खेलेको भूमिका प्रशंसनीय भएको राजदूत राजभण्डारीले बताए ।

‘नौमति बाजा तथा पञ्चेबाजाद्वारा प्रवासमा नेपालको मौलिकता प्रवद्र्धन गरेकोमा निकै खुसी छु’ राजदूत राजभण्डारीले भने ‘बाजा प्रबर्द्धनका लागि दूतावासले आवश्यक सहयोग उपलब्ध गराउनेछ ।’ राजभण्डारीले देश चिनाउने यस्ता कर्मलाई निरन्तरता दिन सुझाए ।

नेपालमा लोप हुँदै गएको पञ्चेबाजा (नौमती) को संरक्षण, उत्थान तथा प्रचारप्रसार गर्नका लागि आफूहरूले निकै प्रयत्न गर्नुपरेको ऐनाका अध्यक्ष एवं कार्यक्रमका सभापति बलराम पुन बताए । ‘अगामी दिनमा विवाह, ब्रतबन्ध, जन्मोत्सव लगायत कार्यक्रमा यहि बाजा प्रयोग गरिनेछ’ पुनले भने ‘नेपाल कला–संस्कृतिको धनी देश भएकोले त्यहाँको कला संस्कृति संरक्षण र सम्वर्द्धनका लागि बेल्जियमसम्म ल्याएको हो ।’

‘ऐना’ नेपालबाट बेल्जियममा आएर बसोबास गर्ने कलाकारको साझा संस्था हो । संस्थाले नेपाली कला, गीत संगीत र नृत्यको संरक्षण तथा सम्वर्द्धनको कार्य गर्दै आएको छ । यो संस्था २००९ स्थापना भएको हो । कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्गबहादुर केसी, नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष यमु निरौला लगायतको समेत उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप