स्थानीय निकायको निर्वाचनमा सक्रिय सहभागी हुन महासंघको अपील
देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले आसन्न स्थानीय निकायको निर्वाचनमा सक्रिय सहभागी हुन अपील गरेको छ । महासंघका अध्यक्ष रवि सिंहले आइतबार अपील जारी गर्दै स्थानीय निकायको निर्वाचनमा सक्रिय सहभागी भई निर्वाचन सफल बनाउन अपील गरेका हुन् ।
‘मुलुक संघीय संरचनामा गए सँगै संघीय, प्रदेश र स्थानीय तहको आवधिक निर्वाचनले नै मुलुकमा विद्यमान संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुत र संस्थागत बनाउने निश्चित’ अपीलमा भनिएको छ । आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु भएको र स्थानीय सरकारको काम कारबाहीबाट नै आम जनताले राज्यको सार्थक उपस्थिति महसुस गर्ने तथ्य विगतको पाँच वर्षको अभ्यासबाट पुष्टि भइसकेको अपीलमा उल्लेख छ ।
वैशाख ३० गते शुक्रवार देशभरका ७ सय ५३ वटै स्थानीय निकायहरुमा एक साथ हुने मतदानमा आफ्ना सबै प्रदेश महासंघहरु, जिल्ला संघहरू, एसोसिएट र वस्तुगत संघ सदस्यहरुलाई सक्रिय रुपमा सहभागी हुन महासङ्घले अपील गरेको हो । अपीलमा शान्त, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने नेपाल सरकारको अभियानमा समेत आ—आफ्नो ठाउँबाट सहयोग गर्न सबै सदस्यहरूलाई अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख