दैलेखमा सकेट वम भेटियो
आइतबार, २५ वैशाख २०७९, १७ : १५

दैलेखको आठबिस नगरपालिका–६ रोलमा सकेट वम भेटिएको छ । आइतबार दिउँसो २ बजे उक्त वम भेटिएको प्रहरी जनाएको हो ।
वम भएको आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । दैलेखका प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहले स्थानीयले बारी खनजोत गर्ने क्रममा सकेट बम भेटेको जानकारी दिए । शाहका अनुसार वम भेटिएको स्थलमा नेपाली नेपाली सेना, नेपाल प्रहरीसहितको टोली पुगेको छ ।
रोलमा युद्धकालीन अवस्थामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीको ब्यारेक बसेको थियो । तत्कालीन समयमा जमिनमुनि लुकाइएको वम अहिले भेटिएको हुनसक्ने आशंका गरिएको प्रहरी नायव उपरीक्षक शाहले बताए । २०६७ सालमा यहाँबाट ब्यारेक हटाइएपछि अहिलेसम्म ४ वटा बम निष्क्रिय पारिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्टिबायोटिक औषधिको सेवन बिचमै छोड्नु घातक !
-
सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र सबै एउटै डुङ्गामा छौँ : अध्यक्ष ढकाल
-
बैंकर्स संघका अध्यक्ष भन्छन्, ‘मौद्रिक नीतिको समीक्षा स्वाभाविक र अपेक्षित’
-
बाँस सम्मेलनको तयारी पूरा
-
किन २४ घण्टे स्पष्टीकरणमा परे कुलमान ?
-
बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठकको ७ बुँदे निर्णय