
घरदैलोमा ‘सगुन’ खाँदा उम्मेदवारसहित ३ जना बिरामी

सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ का उम्मेदवारसहित ३ जना गाउँलेले दिएको ‘सगुन’ खाँदा बिरामी परेका छन् । निर्वाचन प्रचारप्रसारका क्रममा रहेका माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार शेष इस्तिहारसहित ३ जना बिरामी भएका हुन् ।
भोट माग्दै जाँदा हरिवनका गाउँका स्थानीयहरुले उम्मेदवारसहितका निर्वाचन प्रचारप्रसारमा रहेका टोलीलाई ‘सगुन’ भन्दै खानेकुरा खान दिएका थिए । सोही खाएपछि शेषसहित उमा साह र पूर्णिमा कार्की पनि बिरामी बनेकी छन् । बिरामी भएकामध्ये उम्मेदवार शेषलगायतलाई स्थानीय अस्पतालमा उपचार गराउँदा पोइजनिङ देखिएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए । बिरामी भएकामध्ये शेषलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ भने बाँकी दुई जनाको स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ