विज्ञले काठमाडौं बनाउने हो, सबैसँग सहकार्य हुन्छ : सिर्जना सिंह
सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरमा काँग्रेस उम्मेदवार सिर्जना सिंहले बुद्धिजीवीसँग सहकार्य गरेर नै काठमाडौं सुधार्ने प्रतिवद्धता व्यक्त गरेकी छन्। काठमाडौंलाई काठमाडौं जस्तो बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी व्यवस्थापन गर्ने समेत बताइन्। काठमाडौंलाई कला संस्कृतिको संरक्षणमा लाग्ने उनको भनाइ छ ।
काठमाडौंमा बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै आफ्नो पेश र क्षेत्रका विज्ञहरुको सल्लाहमै काठमाडौंलाई निर्माण गर्ने अभिभारा सम्हाल्ने समेत सिंहले बताइन्। ‘काठमाडौं महानगरमा शिक्षा, स्वास्थ्य र स्वच्छ सफा काठमाडौं नै प्रमुख एजेन्डा हो,’ सिंहले भनिन् । मेयर भएकै दिनदेखिनै सबैसँग सहकार्य गरेर आगाडि बढ्ने समेत उनले बताइन् । काठमाडौंको आाफ्नै मौलिकता रहेकोले यो लोप हुनबाट बचाउने र काठमाडौं समृद्धि दिने काम हाम्रो काँधमा आएको सिंहको भनाइ छ ।
काठमाडौंमा सुविधासम्पन्न अस्पताल खोलेर महानगरबासीलाई सहुलियतमा स्वास्थ्य सेवा दिने समेत सिंहले घोषणा गरिन् । ‘महानगरमा अस्पताल खोलेर दिनदुःखी र जेष्ठ नागरिकलाई निशुल्क उपचार दिने छौ,’ सिंहले भनिन् । महानगरले अस्पताल खोलेपछि सरकारी अस्पतालमा हुने चाप समेत कम हुने र अन्य अस्पतालको सेवा पनि सुधारिने सिंहले बताइन्। ‘हामी काठमाडौंलाई फोहोर हुन दिने छैनौ, विदेशी आउँदा नाक खुम्च्याउने छैनन, सम्पदाको संरक्षण गर्ने छौ,’ सिंहले भनिन्। ‘भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो,’ सिंहले भनिन्। घर-घरबाटै सबैलाई महानगरले सेवा दिने समेत बताइन। सुरक्षित काठमाडौं बनाउने र मध्यरातमा हिंड्ने वातावरण बनाउने समेत सिंहले बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'