शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति लाइफ इन्स्योरेन्सको नाफा ७१ प्रतिशतले बढ्यो

आइतबार, २५ वैशाख २०७९, १५ : ५९
आइतबार, २५ वैशाख २०७९

ज्योति लाइफ इन्स्योरेन्सको नाफा बढेर २० करोड ६५ लाख माथि पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले झण्डै ७१ प्रतिशत (७०.९९ प्रतिशत) ले नाफा वृद्धि गर्दै २० करोड ६५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको हो । 

अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १२ करोड ७ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ६१.९१ प्रतिशतले बढेर ५ अर्ब ६६ करोड १८ लाख २७ हजार रुपैयाँ पुगेको छ । 

यस्तै, खुद बीमा शुल्क आर्जन १२.७९ प्रतिशतले बढेर २ अर्ब ४९ करोड ३८ लाख ६७ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा ज्योति लाइफको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०६ पैसाले बढेर वार्षिक ११ रुपैयाँ ३८ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ०९ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप