नेप्सेमा दोहोरो अंकको सुधार, बढेन कारोबार

लामो समयको अन्तरालपछि आइतबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १७.९५ अंकले बढ्दै २२ सय ५६.५७ अंकमा उक्लिएको हो ।
गत बिहीबार यस्तो सूचक ३७.०६ अंकले घट्दै २२ सय ३८.६२ अंकमा झरेको थियो । स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्सेमा दोहोरो अंकको सुधार आएपनि कारोबार रकम भने बढ्न सकेन । झण्डै १८ अंकले बढेको बजारमा जम्मा एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।
यद्यपि, नेप्सेमा सूचीकृत कुल १३ वटा उपसूचकहरु मध्ये आज दुई वटा बैंकिङ र माइक्रोफाइनान्स बाहेक अन्य सबै उपसूचकहरु धनात्मक भएका छन् । यस दिन सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.३५ प्रतिशतले बढेको छ भने, डेभलपमेन्ट बैंक समूह २.८४ प्रतिशतले, हाइड्रोपावर समूह २.७१ प्रतिशतले, अन्य समूह २.११ प्रतिशत, होटल तथा पर्यटन समूह २.५ प्रतिशतले र इनभेष्टमेन्ट समूह २.०५ प्रतिशतले बढेको छ । यता बैंकिङ समूह र माइक्रोफाइनान्स समूह भने आज क्रमशः ०.१७ प्रतिशतले र ०.१ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म