आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

२४ घण्टामा १७ जनामा कोरोना संक्रमण, २१ जना निको

आइतबार, २५ वैशाख २०७९, १५ : ४०
आइतबार, २५ वैशाख २०७९

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४०१० जनामा गरिएको नमूना परीक्षणमा  १७ जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएन । 

मन्त्रालयका अनुसार  चौबिस घण्टामा २२१० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ११९५२ जनाको मृत्यु भएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप