काँग्रेस महाधिवेशनमा मिल्ने भए बुढाहरूले मलाई ठोक्ने थिए : राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काँग्रेसको महाधिवेशनमा आफूले शीर्ष नेताहरूलाई सुध्रन पर्ने भनेर सुझाव दिँदा उल्टै जाइलागेको गुनासो गरेका छन् । हेटौँडा आयोजित चुनावीसभामा बोल्दै लिङ्देनले आफूले भनेको कुरा मनन गर्नुको साटो उल्टै ठोकुँला झैँ गरेको बताएका हुन् ।
उनले भने, ‘भृकुटीमण्डपमा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोह थियो । म भर्खरै पार्टीको अध्यक्ष निर्वाचित भएको थिएँ । शुभकामना दिनका लागि मलाई पनि निम्तो दिइयो । शुभकामना दिन जब म माइकको अगाडि पुगेँ । सम्बोधन गर्न मैले नेताहरूलाई हेरेँ । त्यहाँ देशका ठूला भनिने पार्टीका ठूला भन्ने सबै नेता त्यही हुनुहुन्थ्यो । मलाई मनमा अर्कै कुरा आयो, ओहो यति मान्छे मात्र सुध्रने हो भने त यो देश लाई सुधार्न कसले रोक्न सक्छ र ? एउटा ट्राई मार्नुपर्‍यो भन्ने लाग्यो । कहीँ मेरो बोलीले क्लिक गर्यो, हो त भनेर उहाँहरूले सम्झनु भयो र उहाँहरू सुध्रनु भयो भने कसैले आन्दोलन पनि गर्नुपरेन, कसैले गोली खानु पनि परेन, कसैले यो पार्टीको आलोचना पनि गर्नु परेन ।’
‘त्यसपछि मैले सानो टेस्ट बम हानेँ । मैले भनेँ – जनताले नेताहरूलाई राम्रो भन्दैन है गाउँघरतिर जाँदा खेरी कुन चाहिँ नेता आएछ भन्नुको सट्टा कुन चाहिँ चोर आएछ भन्छ है । यो अवस्था हामी सबैको लागि राम्रो होइन ’ उनले थपे, ‘हामीले हाम्रो बिग्रेको छवि सुधार्नुपर्छ । हाम्री सुध्रियौँ भनेर मैले निवेदन गरेँ । उहाँहरूले हो त राजेन्द्रले भनेको ठिक हो भन्नुको बदला ठोकुँला झैँ गर्नुभयो । मिल्ने भए बुढाहरूले ठोक्ने पनि थिएँ ।’
उनले राजेन्द्र लिङ्देनमात्र सुध्रेर नहुने बताउँदै काँग्रेस, एमाले र माओवादी पनि सुध्रन जरुरी रहेको जिकिर गरे । तर नेताहरू लर्तरो हिसाबले सुध्रने नदेखिएको पनि बताए । उनले भने, ‘यसबाट थाहा हुन्छ कि उहाँहरू जनताबाट कति टाढा भइसके । उहाँहरू कति ठूलो भ्रममा हुनुहुन्छ ।’ उनले देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै उनले तीन तहको निर्वाचनलाई देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले जग्गा विवाद : सोमबार पनि तोकियो पेसी तर सुनुवाइ हुने सम्भावना न्यून
-
त्रिवि सेवा आयोगद्वारा २०७३ सालमा लिएका विभिन्न पदको लिखित परीक्षाको नतिजा रद्द
-
धरहराको काखमा सार्वजनिक गरियो एनपीएल ट्रफी, तस्बिरहरू
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
पाँच महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति