चैत मसान्तसम्म २३२ उद्योग दर्ता
चालू आर्थिक वर्षको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । आव २०७८/७९ को नौ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् ।
गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए । विभागका अनुसार हालसम्म एक हजार २८१ ठूला, एक हजार ९९१ मझौला र पाँच हजार ४१५ साना उद्योग दर्ता भएका विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार १५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई साना, १५ देखि ५० करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई मझौला र ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला उद्योग मानिन्छ ।
चालू आवको तेस्रो त्रैमाससम्म २३२ उद्योगमा दुई खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएका छन् । गत आवमा प्रस्तावित लगानी एक खर्ब ३९ अर्ब थियो । हालसम्म २५ खर्ब ५० अर्बको लगानी प्रस्ताव भएका छन् । चैत मसान्तसम्म २३ वटा डिजाइन, दुई हजार ३५६ ट्रेडमार्क दर्ता गरिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन
-
एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने
-
सर्लाहीबाट लागु औषधसहित ३ जना पक्राउ
-
हिमाली र पहाडी क्षेत्रका जडीबुटी खाएर हुर्किएका भैँसीको मासु गुणस्तरीय हुन्छ : मन्त्री अधिकारी
-
जीबी राईलाई ४ वटा मुद्दा, रविसहित ५० जनालाई ३ वटा मुद्दामा अभियोजन गर्नुपर्ने प्रहरीको राय
-
उस्ताद भनेर बोलाएको नरुचाउने उस्ताद अर्थात् जाकिर हुसैन