शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी लाइफले करोड बराबरको शेयर निष्काशन हुँदै, मर्जर कमिटी पनि गठन

आइतबार, २५ वैशाख २०७९, १५ : १९
आइतबार, २५ वैशाख २०७९

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ९० करोड बराबरको शेयर निष्काशन गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न कम्पनीको विशेष साधारण सभाले सो निर्णय गरेको हो । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा भएको साधारणसभाले कम्पनीको अधिकृत पूँजी र जारी पूँजी क्रमशः ५०० करोड र ३०० करोड हुने गरी  बृद्धि गर्ने निर्णय समेत भएको छ । यस्तै सेयर निस्कासनसहित मर्जर र एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि भएको छ । 

बीमा समितिले चैत्र १० गते कम्पनीको चुक्ता पूँजी ५०० करोड गर्ने निर्देशन दिइसकेपछि संचालक समितिको निर्णय अनुसार पूँजी बृद्धिको योजना पेश भएको थियो । सोही योजना बमोजिम बीमा समितिबाट पूँजी बृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आह्वान गरिएको थियो ।

 पूँजी बृद्धि योजना बमोजिम मर्जर र एक्विजेशन पछि चुक्ता पूँजी ५०० करोड पुर्‍याउने उद्देश्यले विशेष साधारण सभा सम्पन्न  भए पश्चात बसेको संचालक समितिको ५८ औँ बैठकले संचालक सुरेश सापकोटाको संयोजकत्वमा संचालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तिन सदस्यीय मर्जर कमिटी गठन गरिएको कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप