आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल भारत सिमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

आइतबार, २५ वैशाख २०७९, १४ : ५४
आइतबार, २५ वैशाख २०७९

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी बारा र पर्साका नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतर्कता अपनाएको छ  । निर्वाचनका बेला  सीमा क्षेत्रमा हुनसक्ने  आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुवै जिल्लाका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार मातहतका सबै  सुरक्षा शाखालाई परिचालन गरी सीमा क्षेत्रमा  निगरानी गर्दै आएको गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद  पोखरेलले जानकारी दिए । यता बारा जिल्लामा पनि सशस्त्र प्रहरीले चुनावका बेलामा सीमा क्षेत्रमा निगरानी थालेको छ ।

सीमा क्षेत्रमा हुनसक्ने सबै प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्लास्थित सशस्त्र प्रहरी बल  १२ नं गणका प्रहरी उपरीक्षक राजेन्द्र थापाले जानकारी दिए । पर्सा तथा बारास्थित जिल्ला सशस्त्र प्रहरी  गण मातहत  सुरक्षा बेस,  सीमा सुरक्षा पोष्ट (बिओपी) र  सीमा निगरानी पोष्ट (एफओवी)  निर्वाचनका बेलामा शान्ति सुरक्षामा क्रियाशिल रहेका छन्   । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप